निर्वाचन आयोगले पायो नयाँ नेतृत्व, कार्कीसहित तीनै जना अनुमोदित
kalakarmi.com · Wed Jul 29 10:41:16 GMT 2026

काठमाडौं- संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ । बुधवार बसेको समितिको बैठकले कार्कीसहित निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका अन्य दुई जनाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको हो ।
समिति सभापति बोध नारायण श्रेष्ठले संवैधानिक परिषद्को २०८३ असार १९ गतेको निर्णयअनुसार प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका मोरङका मानबहादुर कार्कीको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियमबमोजिम सर्वसम्मत अनुमोदन गरिएको जानकारी दिए ।
Read full story at source (kalakarmi.com)