देवानगञ्ज घटनापछि कोशी सरकारको राहत घोषणा, मृतकका परिवारलाई २ लाख
kalakarmi.com · Wed Jul 29 10:32:03 GMT 2026

विराटनगर- कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ र घर, पसल साथै अन्य आगजनी भएका परिवार तथा घाइतेलाई ५० हजारका दरले राहत दिने घोषणा गरेको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकमा सरकारले राहतको घोषणा गरेको गरेको हो । बैठकले विभिन्न ८ बुँदे निर्णय समेत गरेको छ । साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारलको आयोजनामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको हो ।
Read full story at source (kalakarmi.com)