किन फेरि आन्दोलनको तयारीमा छ ककरोच जनता पार्टी ?
ratopati.com · Wed Jul 29 10:53:57 GMT 2026

नयाँ दिल्ली । ककरोच जनता पार्टी (सीजेपी) ले प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनमा सहभागी विद्यार्थीमाथि दर्ता गरिएका मुद्दा फिर्ता लिने आफ्नो बाचा पूरा नगरेको भन्दै भारत सरकारलाई फेरि देशव्यापी आन्दोलनको चेतावनी दिएको छ ।
पार्टीले सरकारले सर्वोच्च अदालतको हालैको आदेशलाई गलत रूपमा व्याख्या गर्दै आफ्ना प्रतिबद्धताबाट पछि हट्न खोजेको आरोप लगाएको छ । सीजेपीका संस्थापक अभिजीत दीपकेले विद्यार्थीमाथिको दमन नरोकिने र उनीहरूमाथि दर्ता गरिएका मुद्दा फिर्ता नलिइए पार्टी चाँडै पुनः सडक आन्दोलनमा उत्रिने बताए ।
Read full story at source (ratopati.com)