सत्ताको स्मृतिभ्रंश : गोली एउटै, जवाफदेहिता किन फरक ?
nepalpress.com · Wed Jul 29 11:17:50 GMT 2026

सुनसरीलगायत पूर्वी नेपालमा उत्पन्न पछिल्लो तनावपछि राष्ट्रिय स्वतन्त्र पार्टीले जारी गरेको विज्ञप्तिमा एउटा वाक्यले विशेष ध्यान खिच्छ-यस संवेदनशील र दुःखद् घटनालाई ‘कुनै पनि बहानामा राजनीतिकरण नगर्न’ राजनीतिक दल तथा सम्बद्ध पक्षलाई आग्रह गरिएको छ ।
साम्प्रदायिक तनावलाई चुनावी हतियार नबनाऔँ, धर्मको नाममा भीड उत्तेजित नगरौँ, अफवाह नफैलाऔँ, मृतक र घाइतेको पीडालाई अर्को हिंसाको इन्धन नबनाऔँ-यस अर्थमा त्यो आग्रह सही छ । तर, रवि लामिछाने र रास्वपाले एउटा कुरा स्पष्ट गर्नैपर्छ : राजनीतिकरण भनेको के हो ? साम्प्रदायिक घृणा फैलाउनु राजनीतिकरण हो कि सरकारलाई प्रश्न गर्नु पनि राजनीतिकरण हो ? नागरिक राज्यको गोलीबाट मर्दा गृहमन्त्रीको जिम्मेवारी सोध्नु राजनीतिकरण हो ? सुरक्षा संयन्त्रको असफलता प्रधानमन्त्रीसम्म पुग्छ कि पुग्दैन भनेर प्रश्न गर्नु राजनीतिकरण हो ? यदि हो भने रास्वपाले आफ्नै पछिल्लो राजनीतिक इतिहास मेटाउनुपर्छ । किनकि भदौ २३ र २४ को पीडा, मृत्यु, गोली र पुरानो सरकारविरुद्धको जनआक्रोशलाई निर्वाचनको राजनीतिक आख्यानमा सबैभन्दा आक्रामक रूपमा प्रयोग गर्ने शक्तिमध्ये रास्वपा स्वयं थियो ।
Read full story at source (nepalpress.com)