विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
ratopati.com · Wed Jul 29 11:33:10 GMT 2026

काठमाडाैँ । भारतको राजधानी दिल्लीले बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सन् २०२७ सम्म नयाँ दर्ता हुने अधिकांश सवारीसाधनलाई विद्युतीय बनाउने महत्तुवाकांक्षी नीति लागू गरेको छ । तर नीति सफल बनाउन आवश्यक चार्जिङ पूर्वाधार, विद्युत् आपूर्ति र उपभोक्ताको विश्वास अझै चुनौतीका रूपमा रहेको विज्ञहरू र प्रयोगकर्ताहरूले बताएका छन्।
जुलाई १ देखि लागू भएको नयाँ नीतिअनुसार सन् २०२७ सम्म अधिकांश नयाँ दर्ता हुने सवारी विद्युतीय बनाइने लक्ष्य राखिएको छ। हाल सञ्चालनमा रहेका पेट्रोल तथा डिजेल सवारी तत्काल प्रतिबन्धित नहुने भए पनि क्रमशः तिनको प्रयोग घटाउने योजना सरकारले अघि सारेको छ । दिल्लीका करिब ७० प्रतिशत सवारीसाधन दुई र तीनपाङ्ग्रे भएकाले नयाँ नीतिले यिनै वर्गलाई प्राथमिकतामा राखेको छ । सन् २०२७ देखि नयाँ तीनपाङ्ग्रे सवारी र साना मालवाहक सवारी विद्युतीय हुनुपर्ने व्यवस्था गरिएको छ भने त्यसपछि दुईपाङ्ग्रे सवारीमा पनि यही नीति लागू हुनेछ ।
Read full story at source (ratopati.com)