गोपनीयता कायम राख्न माग भए इजलासको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्चको अन्तरिम आदेश
techpana.com · Wed Jul 29 11:45:16 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले कुनै पनि मुद्दाका पक्ष वा विपक्षले गोपनीयता कायम राख्न अनुरोध गरेमा त्यस्ता मुद्दाको सुनुवाइ प्रत्यक्ष प्रसारण (लाइभ) नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रत्यक्ष प्रसारणसम्बन्धी स्पष्ट मापदण्ड बनेर लागु नहुन्जेलसम्मका लागि गोपनीयताको हक संरक्षण गर्न न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।
आदेशमा प्रचलित नेपाल कानुनअनुसार गोपनीयता कायम राख्नुपर्ने विषय, बन्द इजलासबाट सुनुवाइ गर्नुपर्ने मुद्दा र अदालत वा इजलास स्वयंले प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नहुने भनी ठहर्याएका मुद्दाहरूको समेत प्रत्यक्ष प्रसारण नगर्न भनिएको छ ।
Read full story at source (techpana.com)