नौवटा विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय
clickmandu.com · Wed Jul 29 12:01:03 GMT 2026

काठमाडौं । नौवटा विधेयक संसदमा पेश गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधयेक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी संचयकोष ऐन, २०१९ लाई संसोधन गर्न बनेको विधेयक समेत संसदमा पेश गर्ने निर्णय गरेको छ ।
Read full story at source (clickmandu.com)