गोपालमानको बिदाइ : शिक्षकको भविष्य बदल्ने शिक्षामन्त्री
himalpress.com · Wed Jul 29 12:06:33 GMT 2026

काठमाडौँ- पूर्वउपप्रधानमन्त्री तथा पूर्वशिक्षामन्त्री गोपालमान श्रेष्ठको निधनसँगै नेपालको शिक्षा क्षेत्रले शिक्षक आन्दोलनको एउटा निर्णायक अध्याय लेख्ने नेतालाई गुमाएको छ। अस्थायी शिक्षकको वर्षौँ पुरानो आन्दोलनलाई वार्तामार्फत टुंग्याउँदै हजारौँ शिक्षकलाई स्थायी बनाउने र बाँकीलाई ‘गोल्डेन ह्यान्डसेक’को व्यवस्था गर्ने उनको निर्णयका कारण शिक्षक समुदायले उनलाई ‘अभिभावक’ का रूपमा सम्झिरहेको छ।
लामो समयदेखि क्यान्सरबाट पीडित श्रेष्ठको मंगलबार उपचारका क्रममा निधन भएको हो। बुधबार उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपाली कांग्रेसका पुराना नेता तथा स्याङ्जाबाट पटकपटक निर्वाचित श्रेष्ठको निधनपछि शिक्षक समुदायले उनलाई ‘अभिभावक’, र ‘शिक्षक आन्दोलनको समाधानकर्ता’ का रूपमा सम्झिरहेका छन्।
Read full story at source (himalpress.com)