दैनिक १५ सय ई–राहदानी उत्पादन, तीन महिनाभित्र प्रणाली स्थिर हुने
clickmandu.com · Wed Jul 29 12:11:28 GMT 2026

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब १ हजार ५०० वटा राहदानी उत्पादन तथा छपाइ गर्न थालेको जनाएको छ । विभागले पछिल्लो समय विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको जनाएको हो ।
विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, सरल, छिटो, सुरक्षित तथा प्रभावकारी रूपमा विद्युतीय राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली तथा राहदानी उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको उल्लेख गरेको छ ।
Read full story at source (clickmandu.com)