राष्ट्रिय खिर दिवसमा एक अर्ब रुपैयाँ बराबरको दूध विक्री हुने अनुमान
baahrakhari.com · Wed Jul 29 12:21:10 GMT 2026

काठमाडौं । साउन १५ को राष्ट्रिय खिर दिवसमा एक करोड लिटर दूध खपत हुने अनुमान गरिएको छ ।
नेपाल डेरी एसोसिएसनले यस वर्ष उक्त परिमाणमा दूध खपत हुने र त्यसबाट एक अर्ब बराबरको कारोबार हुने अनुमान गरेको हो ।दिवसका लागि "खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान" भन्ने नारा तय गरिएको छ । एसोसिएसनले साउन १५ मा हुने ठूलो परिमाणको कारोबारले दूध उत्पादक किसान, डेरी उद्योग र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
Read full story at source (baahrakhari.com)