विद्युत् महसुल घटाउन समिति गठन
baahrakhari.com · Wed Jul 29 13:03:31 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन गर्न समिति गठन गरेको छ । नयाँ दर सिफारिसका लागि सञ्चालकले समिति गठन गरेको हो ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विद्युत्को अधिकतम उपयोग बढाउने, घरायसी उपभोक्तालाई सहुलियत उपलब्ध गराउने तथा बढी विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त महसुलमा विद्युत् उपलब्ध गराउने उद्देश्यले अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।
Read full story at source (baahrakhari.com)