सुनसरी घटनाबारे कांग्रेसले भन्यो- सद्भाव खलबलिने काममा कोही संलग्न नहोऔं
onlinekhabar.com · Wed Jul 29 13:11:32 GMT 2026

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आग्रह गरेको छ । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनाबारे कांग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार एक सन्देश जारी गरी यस्तो आग्रह गरेका हुन् ।
‘यस घडीमा थप हिंसा र क्षति हुन नदिन धैर्य, संयम र संवादको बाटो अपनाउन सबैको कर्तव्य हो,’ सन्देशमा भनिएको छ, ‘धमिलो पानीमा माछा मारेर सामाजिक सद्भाव खलबल्याउने र साम्प्रदायिक हिंसा भड्काउने तत्त्वप्रति चनाखो रहन आवश्यक छ ।’
Read full story at source (onlinekhabar.com)