विद्युत महसुल दर पुनरावलोकन गर्न समिति गठन
clickmandu.com · Wed Jul 29 13:13:00 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले विद्युत् महसुल दर पुनरावलोकन गर्न र प्राधिकरणका विगतका खरिद तथा सञ्चालित आयोजनाहरूको छानबिन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेको छ ।
उत्पादित विद्युतको अधिकतम उपयोग सुनिश्चित गर्ने, गार्हस्थ्य उपभोक्तालाई सहुलियत दिने र उत्पादनमूलक उद्योगहरूलाई उपयुक्त महसुल दरमा बिजुली उपलब्ध गराई खपत बढाउने उद्देश्यले पहिलो समिति गठन गरिएको हो ।
Read full story at source (clickmandu.com)