‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड टिमको दोस्रो जादू कस्तो होला ?
kendrabindu.com · Wed Jul 29 13:45:56 GMT 2026

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ । पहिलो र दोस्रो चरण गरेर भएको सिनेमाको छायांकन मंगलबार सकिएको हो ।
गत जेठ १ गते पर्वत जिल्लाको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कको रमणीय भूगोलबाट यो चलचित्रको छायांकन सुरु भएको थियो । तर, सुटिङको यात्रा सहज भने रहेन । १५ दिनको छायांकन सकिएलगत्तै मुख्य अभिनेता विजय बराल घाइते भएपछि निर्माण कार्य केही समयका लागि स्थगित गर्नुपरेको थियो । उनको दाहिने हातको नाडीमा चोट लागेको थियो । विजय पूर्ण रूपमा स्वस्थ भएपछि पुनः दोस्रो चरणको छायांकन सुरु गरी मंगलबार समापन गरिएको हो ।
Read full story at source (kendrabindu.com)