नेपालमा लगानी गर्न ११७ देश इच्छुक,५८ अर्बको प्रतिबद्धता
baahrakhari.com · Wed Jul 29 14:06:00 GMT 2026

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि प्रतिबद्धता व्यक्त गर्ने मुलुकको संख्या ११७ पुगेको छ । आर्थिक वर्ष २०८२/८३ मा ११७ मुलुकले ५८ अर्ब बराबरको लगानी प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उद्योग विभागको तथ्यांकअनुसार यस वर्ष कुल १ हजार ११६ नयाँ वैदेशिक लगानीका परियोजना स्वीकृत भएका छन् । प्राप्त प्रतिबद्धताले मुलुकभित्र २८ हजार ४२३ जनालाई रोजगारी दिनसक्ने विभागले बताएको छ ।
Read full story at source (baahrakhari.com)