कुमारी बैंक र निम्बजबीच सम्झौता, मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय ई सीम तथा आईडीपी सेवा उपलब्ध
baahrakhari.com · Wed Jul 29 14:09:08 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (निम्बज ) बीच नवीन तथा डिजिटल सेवाहरू उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता सम्पन्न भएको छ । उक्त सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा (ई सीम) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (इनरनेशनल ड्राइभिङ परमिट–आईडीपी) सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ ।
यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब मोबाइल बैंकिङ एप मार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा ई सीम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन् ।
Read full story at source (baahrakhari.com)