गोपालमानको श्रद्धाञ्जलीमा पनि जोडिएन कांग्रेस, इतर समूहका नेताले टेकेनन् सानेपा
shilapatra.com · Wed Jul 29 14:11:16 GMT 2026

बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय सानेपामा राखियो । पार्टीका नेता कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरे । सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरे । श्रद्धाञ्जलीका लागि पदाधिकारीसहित नेता–कार्यकर्ता सानेपामा जम्मा हुँदा कांग्रेस संस्थापनइतर पक्षका नेताहरूले भने सानेपा टेकेनन् ।
अरू पार्टीका नेताहरू श्रेष्ठलाई श्रद्धाञ्जली दिन आए पनि आफ्नै पार्टीका नेताहरू भने पुगेका थिएनन् । रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू श्रेष्ठलाई श्रद्धाञ्जली दिन सानेपा पुगेका थिए ।
Read full story at source (shilapatra.com)