धोबीखोलाको बाढीले चाबहिल–सुकेधारा क्षेत्र डुबानमा (तस्वीरहरू)
shilapatra.com · Wed Jul 29 14:47:00 GMT 2026

लगातारको भारी वर्षापछि धोबीखोला उर्लिँदा काठमाडौंको चाबहिल, सरस्वतीनगर र सुकेधारा क्षेत्र डुबानमा परेका छन् । खोलाको बाढी सडक र बस्तीमा पस्दा ती क्षेत्रका मुख्य सडक तथा भित्री गल्लीहरू जलमग्न बनेका छन् ।
बाढीका कारण सडकहरू जलाशयजस्तै बनेपछि सवारी साधन सञ्चालन प्रभावित भएको छ भने पैदलयात्रीलाई आवतजावत गर्न निकै कठिनाइ भइरहेको छ । धेरै स्थानमा पानीको सतह बढेकाले स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन् ।
Read full story at source (shilapatra.com)