धर्मको नाममा विभक्त नभई शान्ति कायम राख्न मधेसका हिन्दु तथा मुस्लिम धर्मगुरुको अपिल
ratopati.com · Wed Jul 29 15:17:49 GMT 2026

जनकपुरधाम । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगंजमा दुई पक्षबिच भएको साम्प्रदायिक दङ्गालाई लिएर मधेस प्रदेशका हिन्दु तथा मुस्लिम धर्मगुरुहरूले धर्मको नाममा विभक्त नभई शान्ति कायम राख्न अपिल गरेका छन् ।
उनीहरूले विगतदेखि नै विभिन्न धर्म र सम्प्रदाय मिलेर बसेको समाजमा विगत केही समय यता केही व्यक्तिले धार्मिक अतिवादको नाममा घुसपैठ गरेर हुलदङ्गा भड्काउन खोजेको आरोप लगाएका छन् । धार्मिक अगुवाहरूले पहिला मानव र मानवताको अस्तित्व भएपछि मात्रै धर्म आउने भएकाले त्यो हृदयङ्गम गरी दुवै पक्ष मिल्नुपर्नेमा जोड दिएका छन् ।
Read full story at source (ratopati.com)