बाराको गढीमाई मन्दिरबाट गहना चोरी भएको घटना सार्वजनिक
ratopati.com · Wed Jul 29 15:40:55 GMT 2026

बारा। बाराको प्रसिद्ध गढीमाई मन्दिरबाट सुन र चाँदीका गहना चोरी भएको घटना चार दिनपछि सार्वजनिक भएको छ।
महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित गढीमाई मन्दिरमा साउन १० गते राति ताला तोडेर चार थान गहना चोरी भएको मन्दिरका मूल पुजारी शिव चौधरीले जानकारी दिए। उनका अनुसार चोरी भएका गहनामा चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी र सुनको हार रहेका छन्।
Read full story at source (ratopati.com)