प्रधानमन्त्री वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत
nepalnews.com · Wed Jul 29 16:08:30 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत भएका छन् । आज बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहनुभएका शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
उहाँका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको हो ।
Read full story at source (nepalnews.com)