बोक्सीको आरोप लगाउँदै मदिरा सेवन गरी महिलालाई कुटपिट गर्ने ‘पाथीभरा माता’ भनिने पुरुष पक्राउ
techpana.com · Wed Jul 29 16:13:23 GMT 2026

काठमाडौं । सुर्खेतमा एक महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा सामाजिक सञ्जालमा ‘पाथीभरा माता’ भनेर चिनिने समीर थापा पक्राउ परेका छन् । सार्वजनिक स्थलमा एक महिलामाथि अभद्र व्यवहार र हिंसा गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई पक्राउ गरेको हो ।
भाइरल भएको भिडिओमा थापाले एक महिलालाई कपालमा समातेर घिसार्दै, गालामा थप्पड हान्दै र अपशब्द प्रयोग गर्दै कुटपिट गरेको देखिन्छ । उनले ती महिलालाई ‘बोक्सी’ भन्दै आफ्नो खुट्टा ढोग्न लगाएका थिएका । उनले महिलाको सार्वजनिक रूपमै बेइज्जत गरेको देखिन्छ । थापाले आफूलाई दैवी शक्ति प्राप्त ‘माता’ भएको दाबी गर्दै आएका छन् ।
Read full story at source (techpana.com)