‘पाथीभरा माता’ भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा एक युवक पक्राउ
nagariknews.nagariknetwork.com · Wed Jul 29 17:29:21 GMT 2026

सामाजिक सञ्जालमा आफूलाई ‘पाथीभरा माता’ भन्दै भ्रमपूर्ण र विवादस्पद सामग्री सार्वजनिक गरेको आरोपमा एक युवकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
आम नागरिकमा भ्रम सिर्जना गर्ने, धार्मिक आस्थाप्रतिको विश्वासमा आँच पुर्याउने र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने किसिमका गतिविधि गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने अन्दाजी २४ वर्षीय समिर थापा रहेका छन्, जसले आफूलाई ‘पाथीभरा माता’ भनी चिनाउने गर्दथे। उनलाई बुधबार राति अन्दाजी ८:३० बजेको समयमा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)