लगातार घट्दै सेयर बजार, परिसूचकसँगै कारोबार पनि गिरावट
arthasansar.com

सेयर बजार पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको छ । अघिल्ला दुई साता उल्लेख्य रुपमा बढेको बजार यो सातामा भने लगातार रुपमा तीन दिन बजार घटेको छ । यो साताको कारोबार हुने पहिलो दिनदेखि घटेको बजार आज पनि घटेर बन्द भएको हो ।
आज सेयर बजार परिसूचक ७.७९ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६८८.८८ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ७८ कम्पनीको मूल्य बढेको छ । आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Read full story at source (arthasansar.com)