नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बन
arthasansar.com

नेपाल डेरी एसोसिएसनको खिर प्रबर्द्धन कार्यक्रम नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल्को अध्यक्षता एवं दुग्ध किसान राम प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालयका सह-सचिव जगन्नाथ तिवारी, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरे, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधि नारायण देसार, पशु विभागका सुरेश गुरुङ ,दुग्ध विकास संस्थानका प्रतिनिधि, नार्कका प्रतिनिधि, राष्ट्रिय दुग्ध बिकास बोर्डका बोर्ड सदस्यहरू राजन दाहाल र रामभक्त दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू एवं डेरी एसोसिएसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ। आज आज प्रवर्द्धन गर्ने कार्यक्रममा पनि नौ प्रकारका खेलहरू सेवन गराउने कार्य भयो भने मौलिक भान्साघरमै १५ गते पनि नौ प्रकारका खिरहरू लगाउने र आवश्यक पर्दा होम डेलिभरी पनि गरिने व्यवस्था रहेको कुरा मौलिक भान्छा घरका प्रबन्ध निर्देशक सुमन दाहालले जानकारी गराए ।
कार्यक्रममा बोल्ने क्रममा मन्त्रालयका सहसचिव जगनाथ तिवारीले गरेका कार्यक्रम प्रति विशेष धन्यवाद दिँदै मन्त्रालयले कृषि क्षेत्रको विकासको लागि समग्र काम गरिरहेको र आवश्यक सरसल्लामा थप काम गर्ने कुरा बताए। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले महासंघ एसोसिएसनले गरेका हरेक क्रियाकलापमा सहभागी हुँदै साथ दिइरहेको कुरा जानकारी गराए । राष्ट्रिय दुग्ध विकास बोर्ड र पशु सेवा विभाग एवं सम्बन्धित सबै वक्ताहरुले नेपाल डेरी एसोसिएसनले गरेका हरेक क्रियाकलापहरूको प्रशंसा गर्दै साथ दिने कुरा बताए । सानो तथा घरेलु उद्योग महासंघका अध्यक्ष शोभा गुरुङले नेपाल डेरी एसोसिएसनले चलाएको मही अभियानको प्रशंसा गर्दै गुणस्तरमा ध्यान दिन आग्रह गरिन्। त्यसैगरी निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरेले छुर्पी घिउ लगायतका वस्तुहरु विदेश निर्यात हुने कुरामा महासंघले भूमिका खेल्ने कुरा बताए। प्रमुख अतिथि दुग्ध किसान रामप्रसाद घिमिरेले आफूलाई गोठमा काम गर्दागर्दै प्रमुख अतिथि बनाएकोमा अत्यन्तै खुसी भएको र एसोसिएसनले किसान प्रतिको सम्मान देखाएकोमा आफू अत्यन्तै खुसी भएको र यो सम्मान समग्र किसानको भएको कुरा बताए । कार्यक्रममा काठमाडौँ इङ्लिस स्कुलका सानासाना नानीहरूलाई खिर खुवाई कार्यक्रमको समुद्घाटन गरिएको थियो। सोही कार्यक्रममा डेरी एसोसिएसनले साना तथा घरेलु उद्योग महासंघका नवनिर्वाचित पदाधिकारी हरूलाई सम्मान गरेको थियो।
Read full story at source (arthasansar.com)