हसिनाको स्वदेश फर्किने घोषणा
barnanmedia.com · Wed Jul 29 19:15:00 GMT 2026

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गर्नुभएको छ । भारतमा निर्वासनमा रहँदै आउनुभएकी उहाँले आफूलाई बङ्गलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताउनुभएको छ ।
एएफपीसँग इमेलमार्फतको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै त्यसका बाबजुद मातृभूमि फर्किने निर्णयबाट पछि नहट्ने बताउनुभयो । उहाँले आफ्नो ज्यान जान सक्ने, पक्राउ पर्न सक्ने वा जेल सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने भए पनि त्यसका लागि आफू तयार रहेको धारणा व्यक्त गर्नुभयो ।
Read full story at source (barnanmedia.com)