भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो
ratopati.com · Mon Jun 29 00:08:07 GMT 2026

कारकास । गत बुधबार भेनेजुयलामा गएका दुईवटा शक्तिशाली भूकम्पको केही दिन बितिसक्दा पनि आइतबार त्यहाँ केही चमत्कारिक उद्धारका घटनाहरू सार्वजनिक भएका छन्।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले सप्ताहन्तमा मात्रै भग्नावशेषबाट ३३ जनालाई जीवितै बाहिर निकालिएको जानकारी दिएकी छन्। जीवितै उद्धार गरिएकाहरूमा ११ वर्षका दुई बालक समेत छन्, जसलाई आइतबार भत्किएका छुट्टाछुट्टै भवनहरूबाट केही घण्टाको अन्तरालमा उद्धार गरिएको हो।
Read full story at source (ratopati.com)