रसुवा भन्सारका अधिकृत शर्मा बाढीपछि सम्पर्कविहीन
gorkhapatraonline.com · Thu Aug 27 13:23:20 GMT 2026

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका क्रममा हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका–२ निवासी नकुल शर्मा सम्पर्कविहीन हुनुभएको छ । रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृत शर्मा बुधबार बिहान करिब १० बजेदेखि सम्पर्कविहीन हुनुभएको हो ।
बाढीछि परिवारसँग सम्पर्क हुन नसक्दा परिवारजनमा चिन्ता बढेको शर्माका भतिज भतिज लीलाराज शर्माले बताउनुभयो । उहाँका अनुसार बुधबार बिहान १० बजेदेखि शर्मासँग सम्पर्क हुन सकेको छैन । १० बजेपछि सम्पर्क नभएकाले आफूले पनि पटक–पटक फोन गरेको तर मोबाइल अफ भएको उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)