भोटेकोशी बाढीबाट उद्धार गरिएका दम्पत्तिलाई उपचारपछि मानव सेवा आश्रम लगियो
nepallive.com · Sun Aug 30 13:48:33 GMT 2026

काठमाडौं– रसुवा भोटेकोशी बाढीबाट घाइते भएका दम्पत्तिलाई उपचारपछि मानव सेवा आश्रम लगिएको छ । सिमा भन्सार क्षेत्रमा मजदुरी गर्ने ४३ वर्षीया श्रीमती र ५० वर्षीय श्रीमानलाई काठमाडौं महानगरपालिकाले आइतबार आश्रम पठाएको हो ।
उनीहरूको स्थायी बसोबास बाँके कोहलपुर हो । बाढीमा परेपछि उद्धार गरेर श्रीमानलाई भदौ ११ गते दिउँसो र श्रीमतिलाई १२ गते साँझ अस्पताल ल्याइएको थियो । दुवै जना घाइते थिए। तर, भित्री चोट थिएन । उपचारपछि उनीहरू आज बिहान डिस्चार्ज भएको महानगरपालिकाले जनाएको छ।
Read full story at source (nepallive.com)