सार्वजनिक ऐलानी जग्गामा आठ हजार बिरुवा रोपियो
barnanmedia.com · Wed Jul 29 23:49:33 GMT 2026

पर्साको जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गामा वृक्षरोपण गरेको छ । गाउँपालिकाले वृक्षरोपण अभियानलाई निरन्तरता दिँदै बुधबार वडा नं ६ औराहास्थित आठ बिगाहा सार्वजनिक ऐलानी पर्ती जग्गामा आठ हजार बिरुवा रोपेको हो ।
‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत उक्त क्षेत्रमा आँप, लिची, कटहर, जामुन, मेवा, मोहगनी, अम्बा, टिक र सिसौलगायतका विभिन्न प्रजातिका आठ हजार बिरुवा रोपिएको गाउँपालिकाका वन शाखा प्रमुख पप्पु यादवले जानकारी दिनुभयो । वृक्षरोपण गरिएको क्षेत्रलाई तारबार गरी संरक्षणको व्यवस्था गरिएको छ ।
Read full story at source (barnanmedia.com)