ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा पुरस्कार प्रदान
barnanmedia.com · Wed Jul 29 23:53:54 GMT 2026

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले यस वर्षको ‘ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार–२०८३’ दोलखाका अग्रज शिक्षासेवी इन्द्रबहादुर खड्कालाई प्रदान गरेको छ । यस्तै, धादिङ जिल्लास्तरीय ‘दुर्गा साहित्य पुरस्कार–२०८३’ बाट उदीयमान साहित्यकार तथा शिक्षक सरस्वती पाण्डे ‘सरस’लाई प्रदान गरिएको छ ।
शिक्षा क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै दोलखाका खड्कालाई उक्त प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । उहाँले जिरी माध्यमिक विद्यालयमा १७ वर्ष प्रधानाध्यापक, जिरी क्याम्पसमा १९ वर्ष संस्थापक क्याम्पस प्रमुख तथा जिरी बुद्धिष्ट कलेजमा १० वर्ष संस्थापक क्याम्पस प्रमुखका रूपमा सेवा गरिसक्नुभएको छ ।
Read full story at source (barnanmedia.com)