नेदरल्यान्डससँग नेपाल पराजित
nepalviews.com · Thu Jul 30 00:35:26 GMT 2026
काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ । नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई ५७ रनले पराजित गर्दै जित हासिल गरेको हो ।
नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछाएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो । नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन–काचेटले समान दुई–दुई विकेट लिए ।
Read full story at source (nepalviews.com)