फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कारबाही सुरु
nagariknews.nagariknetwork.com · Thu Jul 30 00:55:02 GMT 2026
विश्व फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनालाई अनुशासनको कारबाही अगाडि बढाएको छ। विश्वकप फाइनलपछिको झडप र विवादित ब्यानर प्रदर्शन गरेको भन्दै फिफाले बुधबार अर्जेन्टिनी खेलाडी तथा फुटबल संघविरुद्ध अनुशासनात्मक आरोप लगाएको हो।
फिफाले जारी गरेको मुद्दाको सूचीमा समर्थकहरूले प्रयोग गरेका भेदभावपूर्ण नारा र इशारा, फाइनलपछिको झडप तथा दर्शकहरूले मैदानमा वस्तुहरू फ्याँकेको विषय समेत समेटिएको छ। जुलाई १९ मा स्पेनविरुद्धको खेलपछि भएको झडपमा अर्जेन्टिनाका मिडफिल्डर लिआन्ड्रो पारेडेसले आक्रमणका तीन वटा आरोप सामना गरेका छन्। यसैगरी डिफेन्डर नाहुएल मोलिनाले दुई र प्रशिक्षक रोबर्टो आयलाले एक आरोपको सामना गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)