पुरुष कर्मचारीका लागि प्रसूति स्याहार बिदा दिन सिफारिस
annapurnapost.com · Thu Jul 30 01:07:57 GMT 2026

निमा योञ्जन/काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ मा आवश्यक संशोधन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ। सुरक्षित मातृत्व र लैंगिक भूमिकालाई अझ प्रभावकारी बनाउन साउन ५ गते बसेको बैठकले गरेको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई औपचारिक पत्राचार गरिएको आयोगले जनाएको छ।
आयोगले ऐनका विद्यमान व्यवस्थाहरूमा परिमार्जन गर्दै कैदीबन्दी तथा थुनामा रहेका महिलाको प्रजनन अधिकार, पुरुष कर्मचारीका लागि प्रसूति स्याहार बिदा, कार्यस्थलको सुरक्षा, दुर्गम क्षेत्रका महिलाको अधिकार तथा विपद्का समयमा विशेष संरक्षणजस्ता विषयहरू समावेश गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
Read full story at source (annapurnapost.com)