चिकित्सकको आन्दोलन फिर्ता, आजबाट अस्पतालका सबै नियमित सेवा सुचारु
lokaantar.com

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरूले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन् । संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् । सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै आजबाट अस्पतालले नियमित रूपमा आफ्नो सबै सेवा दिन सुरु गरेका हुन् ।
चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक सङ्घले दोषीमाथि कारबाहीका लागि दबाब दिन मङ्गलबार र बुधबार देशका स्वास्थ्यसंस्थाहरूमा ओपीडीलगायतका सेवा बन्द गरेर विरोध गरेको थियो । विवाद समाधानका लागि नेपाल सरकार र चिकित्सक सङ्घबीच आज पाँचबुँदे सहमति भएको हो ।
Read full story at source (lokaantar.com)