इरानमाथि अमेरिका र साउदीको शक्तिशाली आक्रमण, ट्रम्पले भने– ‘अब हाम्रो पालो’
ratopati.com · Thu Jul 30 01:19:09 GMT 2026

वासिङ्टन डीसी । इरानले अमेरिकी सेनामाथि गरेको भनिएको ‘सरप्राइज’ क्षेप्यास्त्र आक्रमणपछि अमेरिका र साउदी अरबले इरानसँग सम्बन्धित सैन्य लक्ष्यहरूमा शक्तिशाली जवाफी कारबाही सुरु गरेका छन्। अमेरिकी सेन्ट्रल कमाण्डले इरानसँग सम्बन्धित सैन्य संरचना तथा इराकमा रहेका इरान समर्थित मिलिसिया समूहहरूलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ चेतावनी दिएका छन्। उनले अमेरिका अब प्रतिआक्रमणको चरणमा प्रवेश गरेको भन्दै इरानलाई ‘ठूलो प्रहार’ गरिने बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानलाई कडा सैन्य जवाफ दिने संकेत गर्दै अमेरिका पछाडि नहट्ने स्पष्ट पारे।
Read full story at source (ratopati.com)