उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
nepalnews.com · Thu Jul 30 01:56:32 GMT 2026

लेज–क्याप फेरेट । दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू–भागमा फैलिएको भीषण डढेलो बुधबार पनि नियन्त्रणबाहिर रहेको छ । तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएकाले अग्निनियन्त्रकले रातभर गरेको नियन्त्रण प्रयास बिफल हुने जोखिम बढेको छ ।
गिरोन्ड क्षेत्रका अधिकारीले रातका कारण आगो थप फैलिन नपाएपनि बढ्दो तापक्रम र तीव्र हावाले डढेलो पुनः फैलिन सक्ने चेतावनी दिएका छन् ।
Read full story at source (nepalnews.com)