ई-कमर्स प्लेटफर्म 'चाइनाबजार' सञ्चालनमा, नेपाली उपभोक्ताले चीनमा उत्पादित वस्तु सिधै खरिद गर्न पाउने
techpana.com · Thu Jul 30 01:57:16 GMT 2026

काठमाडौं । चीनका उत्पादकबाट प्रत्यक्ष स्रोत गरिएका सामान नेपाली उपभोक्तासम्म उपलब्ध गराउने लक्ष्यसहित नयाँ ई-कमर्स प्लेटफर्म ‘चाइनाबजार’ ( ChynaBazar.com ) सञ्चालनमा आएको छ । कम्पनीले बुधबारदेखि प्लेटफर्मको औपचारिक सुरुवात गरेको जनाएको छ ।
कम्पनीले चीनका उत्पादकबाट वस्तु प्रत्यक्ष खरिद गरी आफ्नै आयात, भण्डारण र वितरण प्रणालीमार्फत नेपाली उपभोक्तासम्म पुर्याउने मोडेलमा सेवा सुरु गरेको जनाएको छ । यसबाट ग्राहकले अन्तर्राष्ट्रिय शिपिङ, भन्सार प्रक्रिया वा विदेशबाट व्यक्तिगत रूपमा सामान मगाउनुपर्ने झन्झटबाट मुक्त हुने कम्पनीको दाबी छ ।
Read full story at source (techpana.com)