दाङमा मलखाद बोकेको बोलेरो पल्टिँदा एक जनाको मृत्यु, तीन घाइते
nagariknews.nagariknetwork.com · Thu Jul 30 01:57:17 GMT 2026

दाङको गढवा गाउँपालिका–५, चिसापानीस्थित लमही–कोइलाबास सडक-खण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बुधबार साँझ करिब ५ बजे कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम गरिएको ४९ बोरा मलखाद बोकेर जाँदै गरेको लु २ च ९१३९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको थियो। दुर्घटना भएको बोलेरो कपिलवस्तुको शिवराज नगरपालिका–६, पैकिबण्डाका २५ वर्षीय अकवान अहमद मियाले चलाएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)