रसुवा बाढीपीडितका लागि प्रवासी नेपाली मञ्च साउदीको ४ लाख सहयोग
annapurnapost.com · Sun Aug 30 13:56:16 GMT 2026

साउदी : रसुवाको टिमुरे तथा त्रिशूली नदी आसपासमा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रवासी नेपाली मञ्च, साउदी अरबले ४ लाख १५ हजार ३ सय ५९ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
मञ्चले बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सिधै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपद्को समयमा राहतका नाममा रकम संकलन तथा वितरण गर्दा पारदर्शिता र प्रभावकारिता कायम हुनुपर्ने भन्दै मञ्चले सरकारी राहत कोषमार्फत सहयोग गर्ने निर्णय गरेको हो।
Read full story at source (annapurnapost.com)