अमरेशकुमार सिंहको अपिल- हिंसाले मधेशलाई १० वर्ष पछाडि धकेल्छ, सचेत रहनुस्
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशलाई अशान्त पार्ने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् । पटकपटकका आन्दोलन तथा जातीय र धार्मिक हिंसाका कारण मधेश क्षेत्रले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै उनले हिंसा र मुडभेडले मधेशको विकासलाई पछाडि धकेल्ने बताएका हुन् ।
सुनसरीलगायत विभिन्न स्थानमा देखिएको तनावपूर्ण परिस्थितिबीच सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै सांसद सिंहले मधेसी दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयमित रहन र सामाजिक सद्भाव कायम राख्न जोड दिएका छन्।
Read full story at source (lokaantar.com)