धरौटी रकम फिर्ता लिन ४० निर्माण कम्पनी तथा व्यक्तिलाई सडक विभागको अन्तिम सूचना
aarthiknews.com

काठमाडौँ । सडक विभागअन्तर्गत मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय, मदन भण्डारी राजमार्ग योजना कार्यालय, तम्घास (गुल्मी) ले विभिन्न निर्माण कम्पनी तथा व्यक्तिहरूलाई कार्यालयमा रहेको धरौटी रकम फिर्ता लिन अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ।
कार्यालयले साउन १४ गते प्रकाशित सूचनामार्फत आर्थिक वर्ष २०७६/७७ सम्म आम्दानी बाँधिएका तथा आयोजना सम्पन्न भइसकेका विभिन्न फर्म तथा कम्पनीहरूको धरौटी रकम फिर्ता लिन १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको हो।
Read full story at source (aarthiknews.com)