मध्यरातको माइतीघर मण्डला : वर्षाले बिथोलेको पीडितको रात (तस्बिरहरू)
ratopati.com · Thu Jul 30 02:37:51 GMT 2026

काठमाडौँ । घडीले मध्य रातको १२ बजेको संकेत गरिरहेको थियो । राजधानीका अधिकांश सडक सुनसान बन्दै गएका थिए । तर माइतीघर मण्डलामा रहेका पीडितहरू अझै निदाउन सकेका थिएनन् । उनीहरूको रात घरको न्यानो ओछ्यानमा होइन, खुला आकाशमुनि चिसो भुईँमा बितिरहेको छ।
देशका विभिन्न जिल्लाबाट न्यायको खोजीमा काठमाडौँ आइपुगेका लघुवित्त पीडितहरू बस्ने कुनै सुरक्षित ठाउँ नपाएपछि माइतीघरलाई नै आफ्नो अस्थायी बास बनाएका छन्। लगातार परिरहेको वर्षाबाट जोगिन कसैले प्लास्टिक ओढेका छन् भने कसैले लगाउने कपडालाई नै त्रिपाल बनाएर त्यसैमुनि रात कटाइरहेका छन् ।
Read full story at source (ratopati.com)