सुनसरी शान्त बन्दै गए पनि १० स्थानीय तहमा लगाइएको कर्फ्यु यथावत्
annapurnapost.com · Thu Jul 30 02:33:24 GMT 2026

सुनसरी: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडपपछि अशान्त बनेको जिल्लाको अवस्था बुधबार बेलुकादेखि क्रमशः सामान्य बन्दै गएको छ। बजार खुल्न थालेका छन् भने जनजीवन पनि सामान्यतर्फ उन्मुख भएको छ। तर, सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको कर्फ्यु आदेश भने यथावत् राखेको छ।
हिन्दु–मुस्लिम समुदायबीच उत्पन्न तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालयले साउन १२ गते बेलुका ८ बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरेको अनिश्चितकालीन कर्फ्यु आदेश हालसम्म कायम राखिएको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार परिस्थितिको निरन्तर मूल्याङ्कन भइरहेकाले कर्फ्यु तत्काल हटाइएको छैन।
Read full story at source (annapurnapost.com)