अवैध सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर
nagariknews.nagariknetwork.com · Thu Jul 30 02:32:27 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इञ्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार चौधरीको २०६५ पुस ११ देखि २०८२ असार २९ गतेसम्मको आय–व्ययको अनुसन्धान गर्दा वैधानिक आयभन्दा रु दुई करोड २६ लाख १३ हजार १२३ बढी खर्च तथा लगानी गरेको देखिएको छ। आयोगले सो रकमको स्रोत पुष्टि हुन नसकेको तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)