म्यानमारले मलेसियाबाट पाँच हजार रोहिंग्या फिर्ता लैजाने
kendrabindu.com · Thu Jul 30 02:47:59 GMT 2026

क्वालालम्पुर । म्यानमारले मलेसियामा रहेका पाँच हजार रोहिंग्या शरणार्थीलाई फिर्ता लैजाने भएको छ । शरणार्थीलाई फिर्ता लैजान म्यानमारले सहमति जनाएको मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बताएका छन् । मलेसियाली अधिकारीले सयभन्दा बढी रोहिंग्यालाई हिरासतमा लिएको केही दिनपछि स्वदेश फिर्तीसम्बन्धी यस्तो घोषणा भएको हो ।
मलेसियामा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायमा दर्ता भएका दुई लाख १५ हजारभन्दा बढी शरणार्थी तथा शरणार्थीको हैसियतका लागि आवेदन दिएका व्यक्ति छन् । तीमध्ये एक लाख २६ हजारभन्दा बढी म्यानमारका रोहिंग्या समुदायका छन् ।
Read full story at source (kendrabindu.com)