निर्वाचन आयोगमा कार्की प्रमुख आयुक्त, वाग्ले र सुब्बा आयुक्तमा अनुमोदित
barnanmedia.com · Thu Jul 30 02:44:23 GMT 2026

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा गुरुप्रसाद वाग्ले र डा। राजीव सुब्बालाई सर्वसम्मत अनुमोदन गरेको छ। सुनुवाइका क्रममा कार्कीले आयोगलाई निष्पक्ष र स्वतन्त्र रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै दलहरूले प्राप्त मतका आधारमा सार्वजनिक अनुदान दिने र निर्वाचनमा सहभागी नहुने दलको दर्ता खारेज गर्ने कानुनी व्यवस्था आवश्यक रहेको बताए।
आयुक्तका लागि अनुमोदित वाग्लेले विदेशमा रहेका नेपाली र आफ्नो जिल्लाबाहिर रहेका मतदातालाई मतदानको अधिकार सुनिश्चित गर्न हुलाक, दूतावास, प्रतिनिधि तथा इन्टरनेटमार्फत मतदानका विकल्प प्रस्ताव गरे।
Read full story at source (barnanmedia.com)