मधेसको विकासका लागि शान्ति र सद्भाव कायम राख्न सांसद अमरेश कुमार सिंहको अपिल
barnanmedia.com · Thu Jul 30 02:48:33 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा प्रतिनिधिसभा सदस्य डा अमरेश कुमार सिंहले मधेसको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सिंहले पटक–पटकका आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेसलाई १० वर्ष पछाडि धकेलेको बताए ।
उनले हिंसात्मक गतिविधिले मधेसको भौतिक संरचना भत्किने, शैक्षिक सत्र अवरुद्ध हुने र व्यापार व्यवसाय ठप्प हुने जस्ता नकारात्मक असर परेको उल्लेख गर्दै यसले मधेसलाई नै ठुलो धक्का लागेको बताएका छन् । 'अब समय आएको छ, सबै वर्ग र समुदाय मिलेर मधेसको विकासको एजेन्डालाई अगाडि सारेर अघि बढौँ,' उनले भनेका छन् ।
Read full story at source (barnanmedia.com)