फिल्म ‘पार्वती’को टिजरमा दिदी भाइको कारुणिक कथा
ratopati.com · Thu Jul 30 02:58:54 GMT 2026

काठमाडौँ । अभिनेत्री निता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ । गुरु पूर्णिमाको अवसर पारेर सार्वजनिक टिजरमा दिदी भाईको माया दर्साइएको छ। अटिजम भएकी दिदी र भाइबिचको मायाले दर्शकलाई भावुक बनाउँछ। पार्वती अर्थात निता र किरण भाइ अर्थात अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेन्ड लामो टिजरमा अटाइएको छ।
आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले दर्शकलाई एक किसिमको कौतुहल्ता जगाउने टिजरमा देख्न सकिन्छ । फिल्मकाे यश अघि सार्वजनिक रत्यौली गीत ‘नौतुना रेलैमा’ले दर्शकको मन जितिसकेको छ ।
Read full story at source (ratopati.com)