ऐतिहासिक सहर दोलखामा भैरवकुमारी जात्रा सुरु
annapurnapost.com · Sun Aug 30 14:07:27 GMT 2026

दोलखा : ऐतिहासिक सहर दोलखा बजारमा आइतबार बेलुका १० बजेबाट भैरवकुमारी जात्रा सुरु हुन्छ। ५ दिनसम्म चल्ने यो जात्रामा कालो रङ्गको वस्त्रधारी भैरवका पछाडि रातो भेषमा सजिएकी कुमारी अनि उनीहरूको वरिपरि हातहतियारसहित विभिन्न वेषभूषामा सजिएका सिपाहीहरू रातभरि घुमेर नाच्ने गर्दछन्।
गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्टीसम्म १४ जनाको समूहमा एकै पटक बाजा बजाई भैरव कुमारी र सिपाहीहरूसहित नचाउने यो जात्रा दोलखा बजारमा मात्र देखाइने गरिन्छ। शिवभक्ति समुदायले मात्र नाँच्ने यो जात्रा उक्त समुदायका युवाहरू रोजगारीका शिलशिलामा बाहिर गएका कारण सञ्चालनमा कठिनाइ भएको छ। भैरव, कुमारी, नकिन, चाकालचुकुल, गुभाजु, माछा मार्ने अभिनयकर्ता गरी शिवभक्ति समुदायका नाच्ने टोलीको १४ जनाका समूहमा यो जात्रा सुरु गरिन्छ।
Read full story at source (annapurnapost.com)